जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प महशुस
मेरोन्यूज
२०८१ असार ९ गते १७:०४

जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४।९ रेक्टर स्केलको भूकम्प गएको छ ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रविन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पका कारण समाचार तयार पार्ने समयसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
जापान चार टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा अवस्थित छ, जसले यसलाई विशेष गरी भूकम्पीय गतिविधिको लागि संवेदनशील बनाएको छ ।
यो १०० सक्रिय ज्वालामुखीहरूको घर पनि हो । सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्प गएको थियो र सुनामी आएको थियो । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने फुकुशिमा आणविक केन्द्रमा विपत्ति आएको थियो ।
सम्बन्धित
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया