पदयात्रामा पहिचान भएका ३ दर्जन पर्यटकीय गन्तव्यको सुचीसहितको प्रतिवेदन हस्तान्तरण

महोत्तरी । पर्यटकिय गनतव्यको खोजीमा जुटेको बर्दिवास उधोग बाणिज्य संघले प्रदेश र स्थानिय सरकारलाई प्रतिवेदन पेश गरेको छ । स्थलगत पदयात्राका क्रममा नगर क्षेत्रमा पहिचान गरिएका पर्यटकिय गन्तव्यहरुको सुची सहित आज प्रतिवेदन पेश गरेको हो ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा हस्तान्तरण गरिएको उक्त प्रतिवेदनमा धार्मिक, पुरातात्त्विक र पर्यटकिय हिसावले आकर्षित गर्न सक्ने ३२ ठाउँ समावेश गरिएको छ । प्राकृतिकरुपमा भेटिएका गिद्वका बासस्थान देखि जर्मन नागरिक गुड्रन कार्विन्सले पत्ता लगाएको मध्य पाषण युगको हतियार कारखानालाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पुस देखि सुरु भएको यो अवधीमा गुड्रन कार्विन्सले पत्ता लगाएको हतियार कारखानालाई पुरातात्त्विक पर्यटन केन्द्र वनाउने गृहकार्य सुरु भएको छ । उधोग बाणिज्य संघको नेतृत्वमा पदयात्रीहरुको एउटा समूह संघिय सरकारको पर्यटन मन्त्रालय र प्रदेश सरकारमा पुगेर पुरातात्त्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न ध्यानाकर्षण समेत गराईएको थियो ।
परिणामस्वरूप संघ सरकारले ८० लाख र प्रदेश सरकारले ४५ लाख गरी १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै धार्मिक पर्यटनका हिसावले उर्वर मानिएको बर्दिवासलाई प्राचीन मण्दिर र गुम्बाहरुको विषयमा अध्यण गरि प्रतिवेदनमा गुरुयोजनाको मार्गचित्र समेत वनाईएको छ ।
प्रतिवेदनको अर्को छाया कपि भने होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमलाई हस्तान्तरण गरिएको थियो ।
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया