जितसँगै इङल्याण्ड टी- २० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङल्याण्डले समुह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछाएको इङल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
इङल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिंग गर्दै ३८ बलमा ८३ रन बनाएका थिए । त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो । अमेरिकालाई अल आउट गर्ने क्रममा इङल्याण्डका बलर क्रिस जोर्डनले १९औ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए।
यो जितपछि इङल्याण्डको सुपर आठको समुह २ मा ३ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
त्यस्तै हारपछि अमेरिका भने सुपर आठका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यस्तै यस समुहबाट अब सोमबार बिहान हुने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया