गाई पालन प्रवर्द्धन गर्न कृषकलाई अनुदान

मनहरी (बागमती)। हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक बजेट अनुसार प्रदेश सरकारबाट हस्तान्तरित सःशर्त अनुदान कार्यक्रमबाट ८२ जना पशुपालक कृषकलाई सामग्री वितरण गरिइएको होे ।
नगर प्रमुख मीनाकुमारी लामाले पशुमा लाग्ने विभिन्न लम्पी, खोरेत रोगको सङ्क्रमणको समयमा आवश्यक हुने स्प्रे पम्प, काउ म्याट, घाँस काट्ने मेसिन, गाई नुहाउने मेसिन, पानी ट्याङ्कीसहितको सामग्री वितरण गरिएको बताए । गाई प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री प्रदान गरिएको र यसले उत्पादनसँग जोडिँदै आयआर्जनमा लाग्न कृषकलाई सहयोग पुग्ने उनले बताए ।
पूर्वाधारको विकाससँगै उत्पादनसँग जोडिएर अघि बढ्न र सामग्रीको प्रयोग गरी दुग्ध उत्पादनमा काम गर्दै आयआर्जनमा बढावा दिन अनुदान कार्यक्रमले टेवा पुग्ने जनाइएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया