सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया

सिरहा। सिरहाको गोलबजारस्थित वर्धमान होस्पिटलमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया गर्ने भएको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा अस्पतालले भोली ११ गतेबाट शिविर सञ्चालन गर्न लागेको हो।
अझैपनि गाउँघरमा पाठेघरको समस्याबाट पीडित रहेकाले निर्देशनालयले हामीसँगको साझेदारीमा पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर आयोजना गरेको अस्पतालका व्यवस्थापक डाक्टर शारीका गोइतले जानकारी दिए।
उनले भने, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्। आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवम् उचित परामर्शको दिन्छौं।’
‘यो पनि एउटा रोग नै हो, त्यसैले हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ; भने। उनले औषधी, अस्पताल बस्दा विरामीका खानासमेत उपलब्ध रहेको बताए।
विरामीको अप्रेशन स्त्रि तथा प्रशुतिरोग विशेषज्ञद्वय डा.शारीका गोइत र तेजशंकर यादवको टिमले गर्ने बताए।
सुत्केरी हुने भएको केही दिनपछि नै भारी बोक्ने जस्ता शारीरिक श्रमको काम गर्दा प्रायः ३५ वर्षमाथिमा महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ। नेपालमा सरदर ६०–६५ प्रतिशत महिला यो रोगबाट पीडित रहेका छन्।
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया