भरतपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ५५ करोडको बजेट
मेरोन्यूज
२०८१ असार १० गते १५:०३

भरतपुर। चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाको नगरसभा तथा १५औं अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन् ।
आगामी बजेटमा महानगरपालिकाले आन्तरिक आय १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख, संघको राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने बताएको छ । जनसहभागिता र श्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड र सडक बोर्ड नेपालबाट ३ करोड आय हुने बजेटले प्रक्षेपण गरेको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ४८ करोड ७९ लाखको बजेट ल्याएको थियो ।
सम्बन्धित











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया