गोदाममा हजारौं बोरा मल, किसानलाई भने मल पाउन धौ धौ (भिडियाे)
भैरहवा (रुपन्देही) । ओमसतिया गाउँपालिका वडा नम्बर ३ का श्रीपत गडेरियाको खेतमा रहेको बिउँ रोप्नको लागि तयार भएको छ ।
बिउ तयार भएकोले नहुँदैदेखि उनी खेतमा हाल्ने मलको लागि पासबुक बोकेर पालिकाले तोकेको लगनशिल महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउँदै छन् तर उनले अहिले सम्म मल पाउन सकेका छैनन् । पालिकाले उनलाई कृषक मलखाद बितरण पुस्तिका (पास बुक) बनाएर दिएको छ तर सो पास बुक पाए पछि गत वर्ष उनले एक बोरा डिएपी मल मात्र पाएको देखिन्छ ।
गोदाममा आएको मल एउटा देखि अर्को ट्रकमा लोड अनलोड गर्ने मजदुरले समेत मल नपाएको गुनासो गरे ।
यो समस्या रुपन्देहीका यी दुई किसानको मात्र हैन अहिले प्राय सबै कृषकहरु मलकै लागि भौतारिरहेका छन् । एक बोरा मलको आशमा किसान भौतारि रहदा भने कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा भने हजारौ बोरा डिएपी, युरिया र पोटास मल मौज्दात रहेको छ । तर गोदामको यो मल किसानको लागि “ल्हासामा सुन छ, कान मेरो बुच्चै” सरह भएको छ । अर्थात हजारौं बोरा मल हुदा पनि यो मल कृषकको पहुँच समम पुग्नै सकेको छैन ।
श्रीपतकै जस्तै गुनासो छ राम बहादुर थारुको पनि उनले पनि समाचारमा प्रयाप्त मल रहेको सुनेको तर समाचारमा आए जस्तो मलको उपलब्धता नरहेको बताए।
किसानहरुले मल नपाएको गुनासो गरिरहदा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रवन्धक बल बहादुर पन्थले भने गत वर्षहरुको जस्तो मलको अभाव नरहेको दावी गरेका छन् ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया