गोदाममा हजारौं बोरा मल, किसानलाई भने मल पाउन धौ धौ (भिडियाे)
भैरहवा (रुपन्देही) । ओमसतिया गाउँपालिका वडा नम्बर ३ का श्रीपत गडेरियाको खेतमा रहेको बिउँ रोप्नको लागि तयार भएको छ ।
बिउ तयार भएकोले नहुँदैदेखि उनी खेतमा हाल्ने मलको लागि पासबुक बोकेर पालिकाले तोकेको लगनशिल महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउँदै छन् तर उनले अहिले सम्म मल पाउन सकेका छैनन् । पालिकाले उनलाई कृषक मलखाद बितरण पुस्तिका (पास बुक) बनाएर दिएको छ तर सो पास बुक पाए पछि गत वर्ष उनले एक बोरा डिएपी मल मात्र पाएको देखिन्छ ।
गोदाममा आएको मल एउटा देखि अर्को ट्रकमा लोड अनलोड गर्ने मजदुरले समेत मल नपाएको गुनासो गरे ।
यो समस्या रुपन्देहीका यी दुई किसानको मात्र हैन अहिले प्राय सबै कृषकहरु मलकै लागि भौतारिरहेका छन् । एक बोरा मलको आशमा किसान भौतारि रहदा भने कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा भने हजारौ बोरा डिएपी, युरिया र पोटास मल मौज्दात रहेको छ । तर गोदामको यो मल किसानको लागि “ल्हासामा सुन छ, कान मेरो बुच्चै” सरह भएको छ । अर्थात हजारौं बोरा मल हुदा पनि यो मल कृषकको पहुँच समम पुग्नै सकेको छैन ।
श्रीपतकै जस्तै गुनासो छ राम बहादुर थारुको पनि उनले पनि समाचारमा प्रयाप्त मल रहेको सुनेको तर समाचारमा आए जस्तो मलको उपलब्धता नरहेको बताए।
किसानहरुले मल नपाएको गुनासो गरिरहदा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रवन्धक बल बहादुर पन्थले भने गत वर्षहरुको जस्तो मलको अभाव नरहेको दावी गरेका छन् ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया