ज्ञानेन्द्र शाहीलाई दाहालको जवाफ- अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन् ।
परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन के पहल भएको छ ?’ भन्दै प्रश्न गरेका थिए । उनले ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ ?’ भन्ने प्रश्न गरेका थिए ।
जवाफमा प्रचण्डले आफू प्रधानमन्त्री भएकाले नै युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको बताए । “प्रश्न सोध्ने माननीयज्यू यहीँ हुनुहुन्छ कि जानुभयो ? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,” उनले भने, “सरकारले पठाएर रुसी सेनामा गएका हैनन् । जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा हो ।”
प्रचण्डले प्रचण्डले जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि उनीहरूलाई फिर्ता ल्याउने पहल जारी रहेको जानकारी गराए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया