शनिबार, माघ ३, २०८२

अर्थका ५ सहसचिवको जिम्मेवारी हेरफेर

मेरोन्यूज २०८१ असार ११ गते २१:५५

काठमाडौँ । अर्थ मन्त्रालयले ५ जना सहसचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । बजेटपछि मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

सहसचिव रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइँदा नरेन्द्र रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ ।

यस्तै अर्का सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख तथा नारायण सापकोटा र सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया