बागमती प्रदेशको सहुलियतपूर्ण कर्जा कार्यक्रम (सूचनासहित)

काठमाडौं । बागमती प्रदेश सरकारले कृषक, लघु उद्योगी व्यवसायी र नवप्रवर्तकलाई सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । कृषि, उद्योग, पर्यटन प्रवर्दन, व्यापार व्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदायको विकास र फोहोरमैला व्यवस्थापनमा ऋण दिने आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
सहुलियतपूर्ण कर्जाका लागि बागमती प्रदेश भित्रका कृषि विकास बैंकका शाखा कार्यालयहरु तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थामा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
यसरी लिएको सहुलियतपूर्ण कर्जाको वार्षिक ३ प्रतिशतभन्दा बढी ब्याज तिर्न नपर्ने मन्त्रालयले जनाएको छ । कोभिड–१९ का कारण सिथिल भएको कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्वन्धित क्षेत्रमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि ५ वर्षसम्मका लागि अधिकतम १० लाख रुपैयाँसम्म ऋण दिन सकिने सूचनामा उल्लेख छ ।
प्रदेश सरकारले सहुलियतपूर्ण कर्जाका लागि चालु आर्थिक वर्ष ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप जानकारी तलको सूचनामा हेर्नुहोला ।














सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया