सुदुरपश्चिमका मुख्यमन्त्री भन्छन्: विकासका काम गर्दा योजनामा ध्यान दिनुपर्छ
मेरोन्यूज
२०७७ चैत २२ गते ७:४८

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए ।
“पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ”, मुख्यमन्त्री भट्टले भने, “प्रदेश सरकार यो कुरामा सजग छ र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।”
उनले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन प्रदेश सरकार प्रयत्नशील रहेको पनि बताए । (रासस)
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया