वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गरेका छन् ।
वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बेँसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गरेका थिए ।
“वडामा पर्याप्त मल आउँदैन, न्यून मात्रामा आएको मललाई सामानुपातिकरुपमा वितरण गर्न कठिनाइ हुन्छ, त्यसैले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको हुँ”, उनले भने । यसवर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गरिएको हो ।
वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा सो भन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको अध्यक्ष कार्कीले जानकारी दिए ।














कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
माघ ३ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया