म्याग्दीको मालिकामा वडा कार्यालय भवन निर्माण

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । मालिका गाउँपालिकाले ७६ लाख रुपैयाँको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो ।
अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते भगवती मालिका कन्ट्रक्सनसँग ७६ लाख ७ लाख ५८८ मा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि बिजय भट्टचनले असार मसान्तसम्म म्याद भएपनि लक्ष्य अघिनै भवन निर्माण सकिएको जानकारी दिए । एउटा सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा चार वटा शौचालय र शयनकक्ष छन् ।
वडा अध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गर्ने बताए । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जीर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।
सात वटा वडा रहेको मालिका गाउँपालिकाको यसअघि वडा नम्बर ३ को किटिनिमा भवन निर्माण भएको थियो । वडा नम्बर ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नम्बर १ र ७ को भवन बनाउन २ करोड बजेट बिनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर २ रुम र वडा नम्बर ४ ओखरबोटको कार्यालय पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ ।














नेकपा र संयुक्त जेनजी आन्दोलनका संयोजक ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया