शनिबार, चैत २८, २०८२

पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग

मेरोन्यूज २०८१ असार १५ गते ८:३९

काठमाडौं। नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा दुई दिनसम्म सञ्चालन भएको सङ्घको बागमती प्रदेश सम्मेलनले सो मागसहित १५ बुँदे घोषणापत्र जारी गरेको छ ।

सम्मेलनबाट पारित घोषणापत्रमा प्रदेश सरकारको पुस्तकालय हेर्ने मन्त्रालयमा पुस्तकालय विज्ञान समूहको कम्तीमा अधिकृत सरहको र स्थानीय तहमा राजपत्र अङ्कित प्रथम श्रेणी वा सोसरहको कर्मचारीको अनिवार्य व्यवस्था गर्न माग गरिएको हो ।

साथै सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालन गर्न पुस्तकालय तथा सूचना विज्ञान विषयमा कम्तीमा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको कर्मचारी अनिवार्य राख्न हरेक स्थानीय तहसँग माग गरिएको छ ।

यसैगरी पुस्तकालय ऐन बनाउन, पठन संस्कृतिको विकास गर्न, पुस्तकालयका लागि अन्तरपुस्ता ज्ञान आदानप्रदान गर्ने लगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । सम्मेलनले बागमती प्रदेश कमिटी समेत चयन गरेको ।

प्रतिक्रिया