अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको बताएका छन् ।
पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा आज यहाँ आयोजित ‘समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण’ विषयक नीति संवाद कार्यक्रममा अध्यक्ष ओलीले यथास्थितिमा देश अगाडि जान नसक्ने भन्दै उद्यमशीलतामा जोड दिनुपर्ने बताए । “यथास्थितिमा देश अगाडि जान सक्दैन । त्यसैले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो, त्यसमा पनि कृषिको आधुनिकीरणमा जोड दिनुपर्छ, जसबाट रोजगारीका थुप्रै अवसर सिर्जना गर्न सकिन्छ”, उनले भने ।
कृषिमा आधारित उद्यमले निर्यातमूलक उद्योगको रुप लिन सक्ने भन्दै अध्यक्ष ओलीले त्यसका लागि कृषिमा आधुनिकीकरण गर्न नीतिगत पहल जरुरी रहेको धारणा राखे । उनले भने, “कृषिको आधुनिकीकरणका लागि ठोस नीति निर्माण हुनुपर्छ । हामीसँग भएको जमिनको उपयोग गरी समाजलाई गरिबीबाट माथि उठाउने योजनासहित काम गर्नुपर्ने आवश्यकता छ, त्यसमा सरकारले ध्यान दिनुपर्छ ।”
उनले कृषि क्षेत्रबाटै नेपालमा असाधारण परिर्वतन ल्याउन सकिने विश्वास व्यक्त गर्दै त्यसका लागि पाँच वर्षभित्रमा ठोस योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । “हाम्रो उर्बर माटो बिग्रिँदै गएको छ, जसकारण उत्पादनमा ह्रास आउँदैछ । यो अवस्थामा सुधार गर्दै माटोका अवस्था थप बिग्रिन नदिन लाग्नुपर्नेछ । त्यसैले सरकार साना–साना विषयमा अड्किनेभन्दा पनि मुलुकको समग्र विकासका निम्ति गम्भीर हुनुपर्ने आवश्यकता छ”, अध्यक्ष ओलीको भनाइ थियो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको विकासका लागि जतिसक्दो चाँडो कृषिसँग सम्बन्धित नयाँ ऐन ल्याउन जरुरी रहेको बताए । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले कृषि क्षेत्र राज्य संरक्षित र समाजवादउन्मुख उत्पादन प्रणाली हुनुपर्नेमा जोड दिए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
प्रतिक्रिया