लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

नेपालगन्ज । मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन् ।
नेपालगन्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उनले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्नेगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने व्यवस्था मिलाइने मुख्यमन्त्री महराले बताए ।
नेपाल र अन्तर्राष्ट्रियस्तरका उद्योग एवं शैक्षिक संस्थाहरुबीच आवश्यक भएकामा जोड दिँदै उनले भने, “यस्ता साझेदारीले हाम्रो शैक्षिक प्रयासलाई अझ सुदृढ बनाउने छ भने लुम्बिनी प्रदेशमा राष्ट्रको सामाजिक आर्थिक विकासमा योगदान गर्ने अवसर प्राप्त हुनेछ ।”
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको निर्णय तत्काल गर्न सङ्घीय सरकारसँग माग गर्दै शिक्षा क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक भएको बताए ।
लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादव, प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ, दुर्गाबहादुर चौधरीलगायत वक्ताले विश्वविद्यालयको शैक्षिक उन्नयनका विविध विषयमा मन्तव्य व्यक्तभएको थियो ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा गणेशमान गुरुङले विश्वविद्यालयलाई राजनीतिक गतिविधिबाट मुक्त गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।
















काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया