फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

धादिङ । यहाँको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पु(याएको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पु(याएपछि किसान चिन्तित बनेका छन् ।
वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए । अहिले उनीहरु निरास बनेका छन् । “वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो । अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ”, झार्लाङका स्थानीय नासुन तामाङले भने, “महामारीको चक्रमा त फस्यौँ नै । बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन ।”
खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । “दिनदिनै कीराको प्रकोप बढेको छ । औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा आएको छैन । चिमोट्दै मार्दै गरेका छौँ । तर प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ”, तामाङले भने ।
आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारी बताउँछिन । “फौजी कीरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ”, तिवारीले भनिन्, “केही दिन अगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ । थोरै मात्रै क्षति पु(याएको थियो, सखापै पारेको भए सबै किसानलाई विषादी प्रयोग गर्न लगाउँछौँ ।”










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया