रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा, छलफलपछि महामन्त्रीको प्रतिवेदन सार्वजनिक हुने

काठमाडौँ। रास्वपा केन्द्रीय समिति (रास्वपा) को केन्द्रीय समितीको बैठकमा महामन्त्री डा. मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथिको छलफल जारी रहेको छ ।
सहप्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म ७० प्रतिशत सदस्यले प्रतिवेदनमाथि आफ्नो मत राखेका छन् । झाले प्रतिवेदनमाथिको छलफल पश्चात प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् ।
साथै अहिले मिडियामा सार्वजनिक भएको भनिएको प्रतिवेदन, महामन्त्रीले सभापतिलाई भुझाएको प्रतिवेदन भन्दा फरक रहेको समेत झाले बताए ।
बुधबार बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले सबैको ध्यान केन्द्रित गरेका थिए । उनले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेको विषय बैठकले अस्वीकार गरेपछि मुखमा कालो टेप लगाएर बैठकमा बसेका थिए । जुन तस्बीर सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।
साथै ढकालले बैठकमा प्रस्तुत गर्न खोजेको प्रस्ताव सभापति रबि लामिछानेले पेश गर्न नदिएको आरोप समेत उनले लगाएका छन् । महामन्त्रीले मुखमा कालो टेप लगाएर बसेपछि उनले तयार गरेको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा प्रस्तुत गरेका थिए ।
















झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया