रविको समर्थनपछि प्रचण्ड झन हौसिए

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जसरी भएपनि कांग्रेसलाई कन्भिन्स गराउने र माओवादीसहितको गठबन्धनमा सरकारको निरन्तरता दिने रणनीति अपनाएको बताईको छ ।
प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिन अझै २९ दिनको समय छ । हिजो नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा बुझाएर समर्थन फिर्ता लिएको जानकारी गराएपछि मात्रै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेकाले अब उपधारा ३ को अभ्यास हुने धेरैको बुझाइ छ । संविधानविद्हरुले पनि संविधानमा भएका धाराहरु क्रमश अभ्यास गर्दै जानुपर्ने बताउँदै आएका छन् ।
यिनै आधार पेश गरेर प्रचण्डले रास्वपाका मन्त्रीहरुलाई कन्भिन्स गराएका छन् । रास्वपाका मन्त्रीहरुले पनि बरु छिट्टै विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।
रास्वपाका मन्त्रीहरुको समर्थनपछि प्रधानमन्त्री प्रचण्ड झनै हौसिएर विश्वासको मतका लागि सक्रियता बढाउने तयारीमा रहेको बताइएको छ ।
वाम गठबन्धनको अपरिहार्यता बुझेर कांग्रेससँगको सहकार्य छाड्दा एमालेले फेरि बेइमानी गरेको प्रचण्डको बुझाइ छ ।
प्रचण्डनिकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि बेइमानी गरेको उनको निश्कर्ष छ । त्यसकारण जसरी भएपनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा प्रचण्ड लागेका छन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया