विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको भेट

काठमाडौँ । टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ ।
वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आजै भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यस अघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने शुक्लाले बताएका छन् ।
नियमित उडान रद्ध भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरुलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो ।
यस अघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क-दुबई हुदै भारत आउने तालिका रहेको थियो ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज रास्वपाको वृहत्तर एकता घोषणा सभा गर्दै
प्रतिक्रिया