मंगलबार, चैत २४, २०८२

अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर

मेरोन्यूज २०८१ असार २० गते १४:३९

काठमाडौं । धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह समारोहमा प्रस्तुति दिन क्यानडाका चर्चित गायक जस्टिन बिबर मुम्बई आईपुगेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

५ जुलाईमा हुने अनन्त र राधिकाको संगीत समारोहमा जस्टिनले आफ्नो प्रस्तुति दिँदैछन् । यो जोडीले जुलाई १२ मा विवाह गर्दैछन् ।

अम्बानीको विवाह समारोहमा प्रश्तुति दिने जस्टिन हलिउडका पहिलो गायक होईनन् । यसअघि मार्चमा रिहानाले जामनगरमा आफ्नो आवाजको जादू फैलाएकी थिइन् । यस्तै, केटी पेरीले क्रूज पार्टीमा आफ्नो प्रस्तुति दिएकी थिइन्।

अनन्त र राधिकाको विवाह समारोहमा जस्टिन बाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्। पप आइकन प्रदर्शनको लागि जस्टिनले महँगो पारिश्रमिक समेत लिएका छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले ५० करोड भारू पारिश्रमिक लिने भएका छन्।

राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए।

प्रतिक्रिया