अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर

काठमाडौं । धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह समारोहमा प्रस्तुति दिन क्यानडाका चर्चित गायक जस्टिन बिबर मुम्बई आईपुगेका छन् ।
५ जुलाईमा हुने अनन्त र राधिकाको संगीत समारोहमा जस्टिनले आफ्नो प्रस्तुति दिँदैछन् । यो जोडीले जुलाई १२ मा विवाह गर्दैछन् ।
अम्बानीको विवाह समारोहमा प्रश्तुति दिने जस्टिन हलिउडका पहिलो गायक होईनन् । यसअघि मार्चमा रिहानाले जामनगरमा आफ्नो आवाजको जादू फैलाएकी थिइन् । यस्तै, केटी पेरीले क्रूज पार्टीमा आफ्नो प्रस्तुति दिएकी थिइन्।
अनन्त र राधिकाको विवाह समारोहमा जस्टिन बाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्। पप आइकन प्रदर्शनको लागि जस्टिनले महँगो पारिश्रमिक समेत लिएका छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनले ५० करोड भारू पारिश्रमिक लिने भएका छन्।
राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए।










धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया