मेशिन चोरीको आरोपमा कुटपिट गर्दा एक जनाको मृत्यु, कुटपिट गर्ने ५ जना पक्राउ

भक्तपुर । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियको कुटपिटबाट घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् ।
भक्तपुर अस्पतालमा उपचारका क्रममा उनको आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
भक्तपुरको चाँगुनारायण नगरपािलका–२ बर्खेपाटीमा स्थानीय बासिन्दाले शनिबार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै कुटपिट गरी गुरुङलाई घाइते बनाएका थिए ।
स्थानीय विनोद लाखाको घर नजिकै रहेको च्याउखेतीमा लगाउन बनाइएको पानी जम्मा भएको सानो पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा लाखासमेतका व्यक्तिले गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएको नायव उपरीक्षक गिरीले जानकारी दिए ।
उक्त घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चाँगुनारायण–२ बस्ने ५० वर्षीय टेकबहादुर केसी सोही ठाउँका ३२ वर्षीय नविन कोजू, भक्तपुर नगरपालिका–७ बस्ने ३७ वर्षीय विनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिशकुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया