कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
विहिबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको भन्ने उजुरी परेको थियो ।
त्यसमा अख्तियारले मेयर प्रकाश, उपमेयर देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो,मकसुद आलमविरूद्ध मुद्दा दायर भएको हो ।
बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरूद्ध पनि मुद्दा दायर भएको हो ।
टाइल्स ओछ्याउने काम बौद्धिमा उपभोक्ता समितिमार्फत भएको थियो । फिल्डमा ७२०.८१ वर्ग मिटरमात्रै थियो। तर त्यहाँ काम गरेको भन्दा ४७३.६० वर्गमिटर बढी काम गरेको कार्यसम्पन्न प्रतिवेदन तयार पारेका थिए ।
अनुगमन समितिबाट पनि सोही परिमाणको काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएर भएको काम भन्दा बढी काम देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

















२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया