मुम्बई पुगे जस्टिन बिबर, अनन्त अम्बानीकाे बिहेमा प्रस्तुति दिन कति लिए पैसा ?
मेरोन्यूज
२०८१ असार २१ गते ११:४१

काठमाडौं । क्यानडाका चर्चित पप गायक जस्टिन बिबर भारत पुगेका छन् । भारतका धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि संगीत कार्यक्रममा प्रस्तुति दिन उनी शुक्रबार मुम्बई आइपुगेका हुन् ।
५ जुलाई अर्थात आजै अनन्त र राधिकाको संगीत समारोह हुुँदैछ। जसमा जस्टिनले आफ्नो प्रस्तुति दिनेछन्। उनीबाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्।
द फ्रि प्रेस जर्नलको रिपोर्ट अनुसार जस्टिनले यो विवाहमा प्रस्तुतिका लागि करिब १ करोड डलर अर्थात् करिब ८३ करोड भारु रुपैयाँ लिनेछन् ।
यसअघि, रिहाना, केटी पेरी, पिटबुल, डीजे डेभिड गुएटा, ओपेरा गायक एन्ड्रिया बोसेली र ब्याकस्ट्रिट ब्वाईज जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूले यो जोडीको प्रि-वेडिङ समारोहमा प्रस्तुति दिएका थिए।
अनन्त र राधिकाको विवाह १२ जुलाईमा हुँदैछ।
सम्बन्धित










फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया