पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा आएर पुनः स्थगित भएको छ ।
शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जनाएको हो । सहज वातावरण बन्न नसकेको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ निर्वाचन कार्यतालिका बमोजिम कार्यक्रम अगाडी बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकिने भनि यसअघि नै सुचना प्रकाशन गरिएको विदितै छ ।
निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’
यसअघि जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि महासंघले अन्तिम समय स्थगित गरेका थियो ।











एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया