राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र योगदान रहने बताएका छन् ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन समापन समारोहमा अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए । पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको उनको भनाइ थियो ।
ध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बलियो कम्युनिष्ट पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । वर्तमान सरकारलाई समर्थन कायमै रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा देखिएका राजनीतिक विषयको सामना गर्नुपर्ने बताए ।
पार्टीका नवनिर्वाचित महासचिव घनश्याम भुसालले महाधिवेशनबाट प्राप्त वैचारिक दृष्टिकोणले कम्युनिष्ट आन्दोलनलाई रुपान्तरण र पुनःगठनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । पार्टीले नयाँ कार्यसमिति ९३ जनाको बनाएको छ । महाधिवेशनले १९ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया