मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै

जनकपुरधाम । मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन् । मधेश प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।
माओवादीबाट अर्थमा भरत प्रसाद साह, पर्यटनमा समिर भट्टराई, एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषि , बेचि लुङ्गेली श्रम तथा यातायात मन्त्री छन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री रहेकी विमला अन्सारी र नागरिक उन्मुक्तिबाट श्रम तथा यातायात मन्त्री रहेकी उर्मिला देवी सिंह चौधरीले पनि राजीनामा दिन लागेका छन् ।
केन्द्रमा कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएपछि त्यसको असर प्रदेशमा देखिएको हो । कांग्रेस र एमालेबीच मधेश प्रदेश सरकारको नेतृत्व मधेश केन्द्रित दललाई दिने सहमति भएका मधेश प्रदेशमा जनमत पार्टीकै नेतृत्वको सरकार रहने देखिएको छ ।












कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
Gold and silver prices soar today,too
One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया