सर्लाहीको जानकीनगरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु
मेरोन्यूज
२०८१ असार २३ गते ११:११

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो ।
पोखरेललाई गएराति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात वीरगन्जतर्फ लैजानेक्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । मृतक पोखरेलको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ ।
सम्बन्धित
















प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया