काठमाडौँ महानगरपालिकाले थाल्यो एसईई पुरक परीक्षाको तयारी कक्षा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि एसईई पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ ।
२०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो । कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँग छुट्टाछुट्टै तयारी वैठक गरेका थिए ।
महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३ हजार ८६ जना (७८%) ले ग्रेडवृद्धि प्राप्त गरेका थिए । बाँकी ८७३ जना (२२%) विद्यार्थी ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुँदैछन् ।
विषयगत रुपमा हेर्दा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन् । इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, वेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना अनुत्तीर्ण छन् ।
यी विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘यी कक्षाहरु पास गराउनमाभन्दा पास गराउने वातावरण तयार गर्नका लागि हुन् ।’ भनाइलाई थप स्पष्ट पार्दै उनी भन्छन्, ‘पास गराउन पाठ पढाइन्छ । पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ । केही विग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ ।’ यसप्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीहरुलाई स्वच्छ खानाको प्रबन्ध गरिएको, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उनको भनाइ छ ।
कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अबलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् ।
यो महानगरपालिकाका लागि पनि परीक्षा हो । सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्छन्, ‘विद्यार्थीहरु जुन विषयमा अनुत्तीर्ण भए उनीहरुलाई विषय कठिन लागेकोले अनुत्तीर्ण भएका हुन् ।
यही कठिन विषयमा उनीहरुलाई रुचि जगाउनु छ । यही विषयमा अध्यापन गराउनु छ । उनीहरुलाई अध्ययन गराउनु प्रेरित गर्नु छ । यसमा ग्रेड वृद्धि गराउनु छ । यसकारण यो महानगरपालिकाका लागि पनि परीक्षा हो । यो परीक्षा जसरी पनि उत्तीर्ण गर्नु पर्नेछ ।’
११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्नेछन् । विद्यार्थीको अनुकुलता र विषय हेरेर कक्षा संख्या बढ्न सक्छ ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया