नाटो स्थापनाको ७५ वर्ष पुरा

नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्मेलनको उद्देश्य ठुलो र बलियो गठबन्धनको विजय प्रदर्शन गर्नु रहेको थियो । तर युक्रेन युद्ध र एटलान्टिकको दुवै छेउमा चुनावी परिणामको छाँयाका विषयमा छलफल गर्न नेताहरू वासिङ्टनमा भेला हुने भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबारदेखि तीन दिनका लागि आयोजित सम्मेलनमा ३२ ट्रान्सएटलान्टिक राष्ट्र गठबन्धनका नेताहरूलाई स्वागत गर्ने तयारीमा छन् ।
बाइडेनले एसियामा नाटोको बढ्दो भूमिकाको सङ्केत गर्न अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड र दक्षिण कोरियाका नेताहरूलाई पनि आमन्त्रित गरेका छन् ।
विश्वव्यासपी समर्थन खोजी गरिरहेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की सम्मेलनको मुख्य पात्र हुनेछन् । यद्यपि नाटोले युक्रेनलाई सम्मेलनको निमन्त्रणा दिने छैन ।
तत्कालिन सोभियत सङ्घविरुद्ध सामूहिक रक्षा प्रदान गर्न १९४९ मा स्थापित नाटो सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनलाई समर्थन गर्दै आफ्नो पुरानै स्वरुपमा फर्किएको छ ।
“युरोपेली सुरक्षाका लागि महत्वपूर्ण मोडमा भइरहेको यो शिखर सम्मेलन प्रारम्भिक योजनाहरूभन्दा धेरै फरक हुनेछ,” एक युरोपेली अधिकारीले बताए।
सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडीजका युरोप, रूस र युरेशिया कार्यक्रमका निर्देशक म्याक्स बर्गम्यानले यो शिखर सम्मेलन ‘सबैभन्दा राम्रो साथै सबैभन्दा खराब समय’ मा हुन लागेको बताए ।
“सबैभन्दा राम्रो समय यस अर्थमा कि रूसलाई रोक्न गठबन्धनका सदस्यहरूले बढी खर्च गरिरहेका छन्,” उनले भने । युक्रेन युद्धमा युरोपेली रक्षा खर्च बढ्ने र संयुक्त राज्य अमेरिकाको विश्वसनीयताबारे चिन्ता हुनसक्ने चुनौतीसँगै यसलाई खराब समय भएको बताए । विगतमा रूसी शक्तिशाली नेता भ्लादिमिर पुटिनको प्रशंसा गर्दै आएका डोनाल्ड ट्रम्पले लामो समयदेखि नाटोलाई संयुक्त राज्य अमेरिकामा अनुचित आर्थिक बोझको रूपमा आलोचना गर्दै आएका छन् ।
नाटोका निवर्तमान महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि सैन्य सहायताको समन्वयमा संयुक्त राज्य अमेरिकालाई मात्र नभई गठबन्धनलाई नै अगाडि राख्ने प्रयासको नेतृत्व गरेका छन् ।
किएभ रूसविरुद्ध लामो युद्धको लागि तयारी गरिरहँदा स्टोल्टेनबर्गले गठबन्धनसँग विश्वसनीय र लगातार समर्थन सुनिश्चित गर्दै युक्रेनका लागि प्रति वर्ष कम्तिमा ४० अर्ब यूरो सैन्य सहायतामा प्रतिबद्ध रहने आशा गरेका छन् ।
















आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
प्रतिक्रिया