आइतबार, चैत ८, २०८२

पेटको बोसो घटाउने हाे ? पिउनुहोस् यी ३ चिज

मेरोन्यूज २०८१ असार २४ गते १३:२९

काठमाडौं । आजकल पेटको बोसो बढ्नु सामान्य समस्या भएको छ । अधिकांशले यो समस्या भोगीरहेकै हुन्छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जंक फूड र तेलीलो खानाका कारण पेटमा बोसो बढ्ने समस्या हुन्छ । यसलाई घटाउनका लागि आहारमा सन्तुलन कायम राख्नु अति आवश्यक हुन्छ । पेटको बोसो घटाउन यी पेयहरू मध्ये कुनै एउटा एक महिनाको लागि नियमित रूपमा सेवन गर्न सकिन्छ ।

ज्वानो पानी
ज्वानोमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ जसले शरीरको बोसो घटाउन मद्दत गर्छ। हरेक बिहान बेलुका ज्वानो पानी पिउनु तपाईंको लागि निकै प्रभावकारी हुन सक्छ। यसका लागि दुई कप पानीमा एक चम्चा ज्वानोको दाना हालेर उमाल्नुहोस् । पानीलाई तबसम्म उमाल्नुस् जबसम्म त्योे आधा हुँदैन । यसरी उमालिएको जवानो पानी एक महिनासम्म दैनिकरुपमा बिहान खाली पेटमा पिउनुहोस्।

मेथी दानाको पानी
फाइबरले भरिपूर्ण मेथीको दानाले पेटको बोसो घटाउन धेरै मद्दत गर्छ। यो शरीरको तौल घटाउन पनि निकै प्रभावकारी हुन्छ । एक चम्चा मेथीको दानालाई रातभर पानीमा भिजाउनुहोस् र भोलिपल्ट बिहान खाली पेटमा यो पानी पिउनुहोस्। यो पानी दैनिक सेवन गर्न सक्नुहुन्छ।

कागतीको रस
कागतीको रस पनि पेटको बोसो घटाउन निकै प्रभावकारी हुन्छ । कागतीको रसले मेटाबोलिजम सुधार गर्दछ जसले शरीरको बोसो पग्लन्छ । हरेक बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस मिसाएर आधा चम्चा मह मिसाएर खानुहोस् । तपाईंले आफ्नो पेटको बोसो बिस्तारै घट्दै गएको देख्नुहुनेछ।

प्रतिक्रिया