विदेशमा कमाएको रकम गाउँमै लगानी गरी मनग्य आम्दानी (भिडियाे)
गुल्मी । पछिल्लो समय विदेशमा पैसा कमाएर गाउँ छोडी शहरतिर बस्ने प्रचलन बढ्दै गएको छ। तर गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्री भने विदेशमा कमाएको रकमलाई गाउँमै लगानी गरी मनग्य आम्दानी समेत गरेका छन् ।
एउटा पाटामा भर्खरै छरेको बीउ । अर्कोमा उम्रिन लागेका बिरुवा । बारीभरी विभिन्न जातका घाँसका नर्सरी । छिनछिनमा विभिन्न ठाउँबाट घाँसको अर्डरको लागि फोन पनि आउछ । कतिपय ठाउँबाट मानिसहरु घाँस लिन उनको घरमै आइपुग्छन् ।
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँस खेतीमा कट्ने गरेको छ । १३ बर्ष दुवैको कम्पनीमा काम गर्दा गोपालले बिदाको समयमा घाँस र बाख्रा फर्म हेर्न जान्थे । त्यही देखेर उनले गाउँमा पनि खेती गर्ने सोच बनाए र चार बर्षअगाडी भाई बुहारीमार्फत गाउँमै व्यवसायीक घाँस खेती सुरु गरे ।
३९ बर्षिय गोपालले २१ रोपनी आफ्नो र ८९ रोपनी घिमेकीको जग्गा भाडामा लिएर किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजि बुलेज, जेइन्ड किङ लगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवाहरु उत्पादन गरिरहेका छन् ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया