कपाल झरेर हैरान हुनुहुन्छ ? खानुहाेस् यी ३ चिज

काठमाडौं। कपाल झर्नु आजको समयमा अधिकांशको समस्या बनेको छ । थोरै कपाल झर्नु सामान्य हो तर जब कपाल धेरै झर्न थाल्छ तब चिन्ताको विषय बन्छ। यसलाई रोक्नका लागि मानिसहरु तेल, हेयर सिरम, औषधि जस्ता धेरै उपाय अपनाउँछन् तर उनीहरुले डाइटलाई भने बेवास्ता गर्छन्।
कपाल झर्नुको प्रमुख कारण पोषक तत्वको कमी हो । यदि उचित र पौष्टिक आहार सेवन गरियो भने कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
यहाँ हामी तपाईलाई यस्ता तीन खानेकुराको बारेमा बताइरहेका छौँ जसले कपाल झर्नबाट जोगाउन मद्दत गर्छ ।
फलफुल
शरीरका साथसाथै फलफुल कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । सबै प्रकारका फलफूलहरूमा पोषक तत्वहरू हुन्छन् जसले छाला र कपाललाई स्वस्थ राख्छ । कपाल झर्नबाट जोगाउन बेरी, चेरी, सुन्तला, अंगूर जस्ता फलफूल खानुपर्छ । जसमा भिटामिन सी र ई प्रशस्त मात्रामा पाइन्छ।
ड्राई फ्रुट्स
ड्राई फ्रुट्समा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ जसले कपाललाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रोटिन, जिंक, ओमेगा ३ फ्याटी एसिड, सेलेनियम र भिटामिन ई हुन्छ जसले कपाललाई बलियो बनाउँछ र झर्नबाट रोक्छ। आफ्नो आहारमा ओखर, बदाम, फ्ल्याक्ससीड समावेश गर्नुहोस्।
हरियो तरकारी
फलफूल जस्तै हरियो सागसब्जीमा पनि प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ जसले कपाल झर्नबाट रोक्छ । बन्दागोभी, पालक, कोलार्ड जस्ता तरकारीमा भिटामिन ए, आइरन, बिटा क्यारोटिन, फोलेट र भिटामिन सी पाइन्छ। यो शरीर, छाला र कपालको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।
















आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया