युवाको सारथी बन्दै पोखरा महानगरपालिका

गण्डकी । रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
महानगरपालिकाले चालू आर्थिक वर्षमा युवा लक्षित विभिन्न तालिमबाट हालसम्म चार सय युवा लाभान्वित बनेका महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।
केन्द्रकै आयोजनामा हालै विभिन्न तालिम सम्पन्न भएको जानकारी दिँदै उनले त्यस अन्तर्गत एक महिने डिजिटल मार्केटिङ तालिममा ४० जना सहभागी भएकामा ६ जनाले रोजगारी समेत पाएको बताए ।
महानगरबाट सञ्चालित ३६ दिने जुनियर ब्यूटिसियन तालिम २० जनाले लिएका छन् भने बारिस्ता कफी बनाउने तालिम ४० जनाले लिएका छन् ।
त्यस्तै कन्या क्याम्पस नदीपुरमा अध्ययनरत स्नातक तह प्रथम वर्षका २५ विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत गुडिया तथा झोला बनाउने तालिम प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
केन्द्रले २० जनालाई डेरी तथा मिठाइ बनाउने तालिम प्रदान गरेको छ भने बुटिक तालिम २० जनालाई दिइएको छ ।
मन्टेश्वरीमा तालिम प्राप्त २० जनामध्ये ६ जनाले रोजगार पाएका छन् । केन्द्रकै आयोजनामा पहिलो चरणमा कुक, हाते ट्याक्टर तथा मोटरसाइकल मर्मत, सामुदायिक पशु सहायकगायत उद्यमशीलता अभिवृद्धिका विभिन्न तालिम प्रदान गरिएको छ ।
केन्द्रले अघिल्लो आर्थिक वर्षसहित हालसम्म क्षमतामूलक र सीपमूलक गरी एक हजार चार सय जनालाई तालिम प्रदान गरेको छ । व्यवसाय गर्न चाहने दुई सय उद्यमीलाई बीउ पुँजीका रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले बताए ।
















पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया