तनाव कम गर्न आफूलाई माया गर्न सिकौँ

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा आयोजित ‘भावनात्मक बुद्धिमता र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा प्राज्ञ डा. भागवत आचार्यले तनाव व्यवस्थापन गर्न आफूलाई माया गर्न सक्नुपर्ने बताएका छन् ।
सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, “हामीले अपेक्षा गरेका कार्यहरु पूरा नहुँदा तनाव हुने गर्दछ, तनावलाई जरैदेखि उखेलेर फाल्ने, तनावलाई स्वीकार गरेर अघि बढ्ने, छलफल गरेर निष्कर्ष निकाल्ने, आफैँलाई प्रेम गर्ने, मनको कुरा अरुलाई बाँड्ने गर्नुपर्छ ।” उनले धैर्यताले पनि तनाव व्यवस्थापनमा भूमिका खेल्ने भन्दै विपश्यनाले तनावलाई कम गर्न सहयोग गर्ने धारणा राखेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भुपाल राईले भने, “तनावग्रस्त समाजले देशलाई अगाडि बढाउन सक्दैन, अहिले देशमा भ्रष्टाचार मौलाएकोे देखिन्छ त्यसले कसरी देशमा परिवर्तन आउन सक्छ रु मानव दिनचर्यासँग जोडिएको यो विषयमा छलफल गरिराख्नुपर्छ ।”
सदस्यसचिव डा धनप्रसाद सुवेदीले विश्वमा जति सुखसुविधा मानिसले भोग गरिराखे पनि तनाव व्यवस्थापनमा भने चुकेको बताए ।
प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख डा .कौशिला रिसाललगायत कार्यक्रममा प्राज्ञ परिषद् सदस्यको उपस्थिति रहेको थियो ।













One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया