प्रधानमन्त्रीद्वारा विपदमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल संसद् भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “हजारौँ शहीदहरूको बलिदान, सयौँ बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौँ सचेत नागरिकको समर्पण छ । उनिहरु सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।”
प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठूलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोश्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले) को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए ।
















Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया