पशुपति क्षेत्रमा कोटिहोम लक्षित बृहत सरसफाइ

काठमाडौँ । पशपति मन्दिर क्षेत्रमा शनिबार बृहत सरसफाइ गरिएको छ । मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा कोटिहोम महायज्ञ आयोजना हुँदैछ । कोटिहोमको पूर्वसध्यामा बृहत सरसफाइ कार्यक्रम गरिएको हो ।
सरसफाइ कार्यक्रममा शसस्त्र प्रहरी, महानगर प्रहरी, स्थानीय गरि करिब ६०० जनाको उपस्थिति रहेको थियो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुष्पबहादुर शाहसहितको सहभागितामा भएको सरसफाइ कार्यक्रमले नागरिकमा जनचेतनाका साथै धार्मिक कर्ममा हातेमालो भएको महायज्ञ उपसमिति संयोजक लेखराज ढकालले बताए ।
‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुँदैछ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ आयोजना हुन गइरहेको हो ।
कोटिहोमकै अवसरमा ३० गते साइकल यात्राको कार्यक्रम राखिएको आयोजकले बताएका छन् । त्यस्तै, कोटिहोम सुरु हुने अघिल्लो दिन अर्थात् असार ३१ गते कलश शोभा यात्रा रहेको छ । देश तथा विदेशबाट समेत उक्त कलश यात्राका दिन हजारौँ धर्मानुरागिहरुले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।
महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्नुहुने छ भने महायज्ञमा १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत हवन, ५ हजार १०० दिव्य कलश पूजन, ४ वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम रहेको छ ।
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया