कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

काठमाडौँ । उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ । आइतबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो । उरुग्वेलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै लुइस स्वरेजले हारबाट बचाएका थिए ।
त्यसअघि कहल्को आठौ मिनेटमा रोड्रीगो बेन्टानचरले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै क्यानडाले १-० गोलले पछि परेपछि खेलको २२औं मिनेटमा इस्माएल कोने र खेलको ८०औं ब्मिनेटमा जोनाथन डेभिडको गोलमा २-१ को अग्रता लिएको थियो । यो हारसंगै क्यानडा भने चौथो भएको छ ।
अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।
















इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
Israel’s Foreign Minister congratulates Nepali counterpart
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया