कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

काठमाडौँ । उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ । आइतबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो । उरुग्वेलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै लुइस स्वरेजले हारबाट बचाएका थिए ।
त्यसअघि कहल्को आठौ मिनेटमा रोड्रीगो बेन्टानचरले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै क्यानडाले १-० गोलले पछि परेपछि खेलको २२औं मिनेटमा इस्माएल कोने र खेलको ८०औं ब्मिनेटमा जोनाथन डेभिडको गोलमा २-१ को अग्रता लिएको थियो । यो हारसंगै क्यानडा भने चौथो भएको छ ।
अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया