स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा ढकालले आफुलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाईलाई फोन गरेर कुट्ने धम्कि दिएको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”… लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’
ढकालले एक अन्तर्वार्ताको क्रममा रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्रीलाई भेटेपछि आफुहरुलाई देशको नेतृत्व दिएमा नेपाललाई भारतको राज्य वा भुटान जस्तो बनाउन दिन सकिने आफूसँग बताएको विवादित अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया