अक्षय कुमारले किन परिवर्तन गरेका थिए आफ्नाे नाम ?

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको वास्तविक नाम राजीव भाटिया हो। एक अन्तर्वार्तामा उनले आफ्नो नाम परिवर्तन गरेको कुराको खुलासा गरेका हुन्।
अक्षयले कुनै ज्योतिषीको सल्लाहमा आफ्नो नाम परिवर्तन नगरेको पनि स्पष्ट पारेका छन् ।
अन्तर्वार्तामा अक्षयले भने, ‘राजीव राम्रै नाम थियो, मैले यत्तिकै आफ्नाे नाम परिवर्तन गरें । मलाई कुनै ज्योतिषले नाम परिवर्तन गर्न सल्लाह दिएका होइनन् ।’
उनले यसबारे आफ्ना बुवाले साेधेकाे बताएका छन् । अक्षयले भने ‘नाम फेरेपछि बुवाले सोध्नु भयो, तिम्रो समस्या के हो ? मेरो पहिलो फिल्ममा नायकको नाम अक्षय थियो, त्यसैले अबदेखि त्यही नै राख्छु भनेर मैले उहाँलाई भनें ।’
सन् १९८७ को फिल्म ‘आज’ मा राज बब्बर, स्मिता पाटिल र कुमार गौरव मुख्य भूमिकामा थिए भने अक्षय कुमारले सानो भूमिका निभाएका थिए । यस फिल्ममा कुमार गौरव नायक थिए जसको चरित्रको नाम अक्षय थियो। अक्षयलाई यो नाम मन पर्यो र उनले आफ्नो वास्तविक नाम राजीव भाटिया बदलेर अक्षय कुमार राखे।
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया