हत्या गरेको अभियोगमा दुई जना पक्राउ
मेरोन्यूज
२०८१ असार ३१ गते १७:०८

सिन्धुली । घ्याङलेख गाउँपालिका-२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञान बहादुर वाईबा रहेका छन् ।
टिका बहादुरसँग सापटी पैसा मागेको विषयलाई लिएर उनीहरूले सोही ठाउँस्थित मिलनचोकमा काठको चिर्पटले प्रहार गर्दा टिका बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । टिका बहादुरको बस्तिपुर स्वास्थ्य चौकी हायुटार हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित











बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया