आज साउने (कर्कट) सङ्क्रान्ति पर्व र यसकाे परम्परा

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।
परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।
महिलाले हरियो चुरा,मेहेन्लदि गायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि उनले बताए । साउन महिनामा विशेषगरी हरियो कपडा र चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।









एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
वाइडबडी प्रकरणमा सफाइ पाएकाविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
एम्बुलेन्स दुर्घटनाका घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
यस्ता छन् मन्त्रीपरिषद्का २७ निर्णय
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
दोस्रो जितले प्लेअफमा पुग्न मद्दत गर्नेछ : खकुरेल
वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान
प्रतिक्रिया