अक्षय कुमारको ‘सरफिरा’ ले ४ दिनमा कति कमायो ?

काठमाडौँ । बलिउडका अभिनेता अक्षय कुमारका पछिल्ला फिल्मले बक्स अफिसमा सफलता पाउन सकेका छैनन् । अहिले रिलिज भएको फिल्म ‘सरफिरा’ बक्स अफिसमा असफल भएपछि अक्षयको समस्या बढेको छ ।
हरेक बर्ष कम्तिमा चार फिल्म रिलिज गर्ने अक्षय कुमारका पछिल्ला फिल्म लगतार असफल भएको समयमा ‘सरफिरा’बाट उनले विशेष आशा राखेका थिए । तर यो फिल्मले पनि दर्शकको मन जित्न नसकेपछि उनी निराश भएका छन् ।
सरफिराको पहिलो दिन कमाई नै निकै निराशाजनक रहेको थियो । साताको अन्त्यमा फिल्मको कमाईमा केही सुधार भएपनि पहिलो सोमबारको कमाईमा उल्लेख्य गिरावट आएको छ । फिल्मले आइतबार ५.१ करोड कमाएको थियो । चौथो दिन सरफिराले १.४० करोड कमाएको थियो । योसँगै फिल्मले अहिलेसम्म १३.४० करोडको व्यापार गरेको छ ।
८० करोडको लगानीमा बनेको यो फिल्मले अब बक्स अफिसमा जादु देखाउने सम्भावना देखिएको छैन ।
यस अघि उनको अप्रिलमा रिलिज भएको बडे मिया छोटे मियाँले केवल ५९ करोड कमाएको थियो र फ्लप भएको थियो भने त्यसअघि गत अक्टोबरमा मिसन रानीगंजले ३३ करोड कमाएको थियो र बक्स अफिसमा असफल भएको थियो । सरफिरासँगै उनका लगातार तेस्रो फिल्म बक्स अफिसमा फ्लप भएका छन् ।
उनको फिल्म २०२३ को अगस्तमा ओएमजी- २ ले १५० करोड कमाई गरेको थियो र बक्स अफिसमा सुपर हिट भएको थियो । त्यसअघि रिलिज भएका सेल्फी, रक्षा बन्धन, सम्राट पृथ्वीराज र बच्चन पाण्डे फ्लप भएका थिए ।
सुधा कोंग्रा प्रसादले निर्देशन गरेको सरफिरामा अक्षय कुमार बाहेक राधिका मदन, परवेश रावल सीमा विश्वासलगायतको अभिनय रहेको छ ।
















Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया