कुम्भनगरी चतराधाममा कौसकी आरती

इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका– १ स्थित कुम्भनगरी चतराधाममा कौसीकी आरती सुरु गरिएको छ ।
बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार साउन १ गते साँझ ६ बजेदेखि कौसीकी आरती सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।
साउन प्रारम्भसँगै चतराधामको दुर्वासाघाट क्षेत्रको कोशी किनारमा साउन महिनाभरी प्रत्येक हप्ता शनिबार र आइतबार कौशिकी आरती गरिने प्रमुख कार्कीले बताए । नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जगतगुरु पीठ चतराधामको सहयोगमा कौशिकी आरती सुरु गरेको नगरपालिकाले जनाएको छ ।
बराहक्षेत्रमा धार्मिक पर्यटनको विकास र यस क्षेत्रको महत्व बढाउनका लागि सन्ध्याकालीन कौशिकी आरती सुरु गरिएको प्रमुख कार्कीले बताए । साउनभरी हप्तामा दुई पटक गर्ने कौसकी आरती भदौपछि आवश्यक छलफल गरेर अगाडि बढाउने तयारी भएको प्रमुख कार्कीले बताए ।
धार्मिक पर्यटक बराहक्षेत्र मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, सिसमहल र औलिया मठको दर्शनपछि साँझमा कौशिकी आरतीमा सहभागी हुन पाउन् भनेर आरतीलाई निन्तरता दिन सुरु गरेको नगर प्रमुख कार्कीले बताए।
सात वटा कोसी मिलेर बनेको सप्तकौशिकी नदी किनारमा बनाइएको सिँढी चौतालको खुला ठाउँमा तीन जना गुरुले दैनिक साँझ महाआरती गरिने छ । योभन्दा पहिले सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा रहेको सखडा भगवती मन्दिर नजिक रहेको पोखरीमा साँझ दैनिक पाँचवटा गुरुबाट गङ्गा आरती हुँदै आएको छ । यहाँ आरतीमा सयौँको सङ्ख्यामा स्थानीय तथा बाहिरबाट आउने भक्तजन सहभागी हुने गरेको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया