चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७९–८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् ।
गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो ।
यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार चार सय ७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार नौ सय ३५ पर्यटक भित्रिएका थिए । यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार आठ सय ७२ भित्रिएका थिए ।
यो तथ्याङ्कलाई हेर्दा गत आवमा अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक निकै बढेका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या हाराहारी नै छ भने नेपालीको सङ्ख्या घटेको छ ।
निकुञ्जमा कूल पर्यटक र त्यसमा पनि विदेशी पर्यटक बढेसँगै राजस्व निकै बढेको छ । तिवारीका गत आवमा पर्या–पर्यटनबाट ३० करोड ५७ लाख १८ हजार चार सय राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा यो रकम २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० थियो । आव २०७८–७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।
यसैगरी आव २०७७–७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६–७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।
तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१–३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यसवर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२–३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो ।
सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको बताइन् । भ्रमण वर्षमा आउने पर्यटक मुख्य गन्तव्य निकुञ्ज रहेको भन्दै उनले जहाँ बसे पनि पर्यटक निकुञ्ज घुम्न जाने गरेको बताइन् ।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
















Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया