लगातार फिल्म फ्लप भएपछि अक्षय कुमारले के भने ?

काठमाडौं । अक्षय कुमारको हालै रिलिज भएको फिल्म ‘सरफिरा’ नराम्ररी फ्लप हुन पुग्यो । अभिनेताका पछिल्ला १० फिल्मलाई हेर्दा ‘सूर्यवंशी’ र ‘ओएमजी २’ बाहेक बाँकी ८ फिल्म फ्लप भए ।
लगातार फिल्म फ्लप भइरहेका बारे अक्षयले मौनता तोडेका छन् । अभिनेताले यो निकै दुःखद भएको र यसको प्रभाव पनि रहेको बताए ।
फोर्ब्स इन्डियालाई दिएको अन्तर्वार्तामा अक्षयले आफ्ना लगातार फिल्म फ्लप भएको बारेमा भने, ‘हरेक फिल्मको पछाडि धेरै रगत, पसिना र जोश हुन्छ । तपाईको एउटा फिल्म असफल भएको देख्दा धेरै दुःख लाग्छ तर हरेक पटक असफलताले तपाईलाई सफलताको मूल्य सिकाउँछ।
अक्षयले अगाडि भनेका छन्, ‘केही चीजहरू तपाईको नियन्त्रणमा हुँदैनन् तर तपाईले कडा मेहनत गर्नुपर्छ । त्यसैले आफूलाई सुधार गर्नुहोस् र अर्को फिल्ममा आफूलाई समर्पित गर्नुहोस्। आफ्नो सबै दिनुहोस्।
यति धेरै फिल्म फ्लप भए बाबजुत पनि अक्षयको हातमा अहिले कम्तीमा १० फिल्म छन् । यसमा ‘सिंघम अगेन’ र ‘वेलकम टु द जङ्गल’ जस्ता मल्टिस्टारर फिल्महरू पनि समावेश छन् ।










सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम
कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया