लगातार फिल्म फ्लप भएपछि अक्षय कुमारले के भने ?

काठमाडौं । अक्षय कुमारको हालै रिलिज भएको फिल्म ‘सरफिरा’ नराम्ररी फ्लप हुन पुग्यो । अभिनेताका पछिल्ला १० फिल्मलाई हेर्दा ‘सूर्यवंशी’ र ‘ओएमजी २’ बाहेक बाँकी ८ फिल्म फ्लप भए ।
लगातार फिल्म फ्लप भइरहेका बारे अक्षयले मौनता तोडेका छन् । अभिनेताले यो निकै दुःखद भएको र यसको प्रभाव पनि रहेको बताए ।
फोर्ब्स इन्डियालाई दिएको अन्तर्वार्तामा अक्षयले आफ्ना लगातार फिल्म फ्लप भएको बारेमा भने, ‘हरेक फिल्मको पछाडि धेरै रगत, पसिना र जोश हुन्छ । तपाईको एउटा फिल्म असफल भएको देख्दा धेरै दुःख लाग्छ तर हरेक पटक असफलताले तपाईलाई सफलताको मूल्य सिकाउँछ।
अक्षयले अगाडि भनेका छन्, ‘केही चीजहरू तपाईको नियन्त्रणमा हुँदैनन् तर तपाईले कडा मेहनत गर्नुपर्छ । त्यसैले आफूलाई सुधार गर्नुहोस् र अर्को फिल्ममा आफूलाई समर्पित गर्नुहोस्। आफ्नो सबै दिनुहोस्।
यति धेरै फिल्म फ्लप भए बाबजुत पनि अक्षयको हातमा अहिले कम्तीमा १० फिल्म छन् । यसमा ‘सिंघम अगेन’ र ‘वेलकम टु द जङ्गल’ जस्ता मल्टिस्टारर फिल्महरू पनि समावेश छन् ।
















वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया