जनता आशावादी हुनेगरी काम गर्छौंः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुनेगरी काम गरिने बताएका छन्।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले यहाँ आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ कार्यक्रमको आज उद्घाटन गर्दै उनले आफू पनि केही गर्ने उत्साहका साथ जिम्मेवारीमा आएकाले उत्कृष्ट कार्यसम्पादनका समन्वय र सहकार्यको भावनाले अगाडि बढ्ने बताए ।
विकसित देशहरूमा सहकार्यका साथ मिलेर काम गर्ने संस्कृतिका कारण विकास सम्भव भएको उल्लेख गर्दै हाम्रा युवाहरू पनि सोही कारण विदेश जान आकर्षित भइरहेका धारणा राखे । मन्त्री गुरुङले छिमेकी चीनलगायत देश विकासको उचाइमा पुग्नाका कारण पनि त्यहाँको कर्मचारी संयन्त्र र सरकारबीच बलियो सहकार्य भएकाले हो भने । “विदेशमा सबै मिलेर काम गरौँ भन्ने संस्कार छ । त्यसैमा फड्को मारिरहेका छन् । हाम्रा युवाहरू पनि त्यतै पलायन भइरहेका छन्”, उनले भने, “हामीले पनि सहकार्यको संस्कार विकास गर्न जरुरी छ ।”
मन्त्री गरुङले सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने आवश्यक कार्यका लागि सुझाव दिन क्यानलाई आग्रह गरे।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया