आइतबार, चैत २२, २०८२

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही

मेरोन्यूज २०८१ साउन १२ गते १२:५९

काठमाडौँ ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन तथा संरचना निर्माणमा आवश्यक सहयोग गर्ने बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड, केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले आज गोकर्णश्वर–४ स्थित जगडोलमा आयोजना गरेको ‘सन्दर्भ सामग्री’ सङ्ग्रहित पुस्तक विमोचन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री शाहीले सरकारका तर्फबाट पार्कमा आवश्यक पर्ने सहयोग गरिने प्रतिबद्धता जनाए। 

मन्त्री शाहीले पार्कलाई थप व्यवस्थित र सुन्दर बनाउनुपर्नेमा जोड दिँदै आफूले व्यक्तिगत तथा मन्त्रालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोग गर्ने बताए। 

उनले भने, ‘पार्कलाई सुन्दर बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्न योजना बनाएर कार्यान्वयन गर्दै जानुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न सधैँ सकारात्मक छौँ ।’

प्रतिक्रिया