त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
मेरोन्यूज
२०८१ साउन १३ गते १७:२४

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली फर्किएको छ ।
असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।
लगातार ८ दिन सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला नपरेपछि आइतबार भारतीय टोलीले फर्किएको प्रहरीले जनाएको छ ।
भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने जनाइएको छ ।
गत असार २८ गते चितवन महानगरपालिका–२९, सिमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता भएका थिए । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।
सम्बन्धित













स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया