पोखरा स्कुल बस दुर्घटना : आमाको मृत्युपछि छोराको पनि मृत्यु
मेरोन्यूज
२०८१ साउन १४ गते १२:४९

पोखरा । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस पोखरा २१ को गुड्कु भन्ने भित्री सडकबाट बिहान पौने ९ बजेतिर ५० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकाेमा डाक्टरले आमालाई ९:४१ बजे मृत घोषणा गरेको थियाे । त्यसकाे केहिबेरमै छोराकाे पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर अन्य २८ जना घाइते भएका छन् । उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
सम्बन्धित
















पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया